सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबवार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीहरुले बहस गरिसकेपछि न्यायाधीश मल्ल प्रधानको इजलासबाट यस्तो आदेश भएको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । मंगलवार सुनुवाइ सकेपछि अदालतले यो मुद्दामा अन्तरिम आदेश जरुरी नरहेको ठहर गरेको हो ।
तर सर्वोच्चले यो मुद्दामा भएको अनुसन्धानको प्रगतिबारे महान्याधीवक्ताको कार्यालयमार्फत् सरकारलाई प्रश्न गरेको छ । अदालतले यस मुद्दा भएको अनुसन्धानको प्रगति विवरण एक महिनाभित्र सर्वोच्चमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।