कमल भुसालको गीत सार्वजनिक

नेपाली गीत संगीतको क्षेत्र व्यवसायिकतातिर ढल्की रहँदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै यतिबेला कमल भुसाल “चन्चल” को एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “गाईलाई चराउँदै” बोलको रहेको छ । गीतको अडियोमा जति मिठासता, त्यो भन्दा पनि म्युजिक भिडियोमा आफ्नै गाउँ वस्तीको यथार्थतालाई छर्लंग पार्ने कोसिस गरिएको छ ।

गीतमा कमल भुसाल “चन्चल” र कृष्णा परियारको सुमधुर स्वर सुन्न सकिन्छ । “गाईलाई चराउँदै” बोलको गीत उनै प्रतिभावान कलाकार कमल भुसाल “चन्चल” कै लय तथा शब्द सृजनामा तयार भएको हो । यस गीतको म्युजिक भिडियोमा कमल भुसाल “चन्चल”, साया भण्डारी, सरु विस्ट, रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन “मकरे”, मित्र घर्ति, शिवहरी अर्याल, अर्जुन, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, संदेश भुसाल, कुसुम थापा, मिसकल भुसाल, प्रमिसा अर्याल र टुइटर भुसालको सामूहिक अभिनय रहेको छ ।



उनीहरु सबैको सामुहिक अभिनयले पनि गीतलाई थप आकर्षण प्रदान गरेको छ । “गाईलाई चराउँदै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबन पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भुसालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई सन्देश नेपाल टि।भी कमल भुसाल “चन्चल” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हामी निकै कर्णप्रिय गीत “गाईलाई चराउँदै” बोलको गीतसंग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

 https://youtu.be/nfCkWsZj3sY?t=448

सम्बन्धित समाचार