नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही माघ १४ गतेदेखि लागुहुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।
डबल डिपोजिट मुद्दतीखाता योजना अन्तर्गत ग्राहकहरूले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । यसैगरी बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंककाे व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकबाट प्राप्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ११७ वटा शाखा तथा ६२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ पनि विज्ञप्तिमा उल्लेख छ ।