सूर्यको सतहको पहिलो तस्विर सार्वजनिक

सूर्यको सतहको पहिलो विस्तृत तस्विर सार्वजनिक भएको छ । अमेरिकाको सौर्य टेलिस्कोपले आगो जस्तै रङ्गको पहिलो तस्विर खिचेर सार्वजनिक गरेको हो । हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्विर जारी गरेको छ।

पृथ्वीबाट १५ करोड किलोमिटर पर रहेको १४ लाख किलोमिटर व्यास रहेको सूर्यको त्यति नजिकको तस्विर विरल छ। ऋमेकिराको हवाईमा रहेको टेलिस्कोपले खिचेको तस्बिरमा सूर्यको ताप भित्रबाट निस्किरहेको देखिएको छ ।



सौर्य हुरी सूर्यबाट निस्कँदा कणहरु सौर्य मण्डलमा समेत छरिएको देखिएको छ । उम्लिरहेको ग्याँसले सूर्यलाई वरिपरि छोपेको जस्तो देखिन्छ ।

सम्बन्धित समाचार