‘म यस्तो गीत गाउँछु -२’ को ‘कसम’ रिलिज

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ ।

यस अघि रिलिज भएका दुई गीत ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीतले राम्रो प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले तेस्रो गीत ‘कसम’ सार्वजनिक गरेको हो ।



गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेलको संगीत र दिनेश राज पुरीको शब्द रहेको गीतमा सुगम पोख्रेलले स्वर दिएका छन् । डान्स नम्बर रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

कसमको भिडियो :

सम्बन्धित समाचार