नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
संस्कार समाज नेपालको १४२ औं श्रृङ्खला इटहरीको खनारमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा १७ संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले हरेक महिनाको १ गते, १ घण्टा विहान ८ बजे १ सय मिटर देशव्यापी सरसफाई महाअभियानलाई इटहरी उपमहानगरपालिकामा स्वागत गर्दै इटहरीमा साझा अभियान संचालन गर्न जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताए । संस्कार समाज नेपालले अगाडि बढाएको जनचेतनामूलक सरसफाई कार्यक्रम देशका लागि महत्वपूर्ण भएको मेयर चौधरीको भनाई थियो ।
इटहरीको खनारमा आयोजित कार्यक्रममा अध्यक्ष तथा मुख्य अभियन्ता पशुपति गुरुङले संस्कार समाज नेपालको अभियानबारे स्पष्ट पार्दै अभियानकाक्रममा सबैको साथ, सहयोग पाइरहेकोमा खुसी व्यक्त गरिन् । साथै उनले विराटनगर र धरानमा कार्यक्रम सम्पन्न गरिसके पछि आफूलाई थप उर्जा मिलेको र मेयरज्यूको उपस्थितिले झन हौसला थपिएको भन्दै इटहरीमा अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।
उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं १२ लगायत १७ वटा संघसंस्थाहरूले ऐक्यवद्धता जनाएका छन् । ऐक्यवद्धता जनाउने संघसंस्थाहरुमा इटहरी उपमहानगरपालिका वडा नं १२ खनार, प्रकृति मानव केन्द्रित जन अभियान नेपाल युनिट प्रदेश नं. १, कलवार सेवा समिति इटहरी सुनसरी, उद्योग वाणिज्य संघ शाखा खनार, सिद्धार्थ कृषि सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी खनार उपशाखा, जेष्ठ नागरिक सरोकार समाज खनार, प्रहरी चौकी खनार, सर्वेश्वरी शिव मन्दिर खनार, शिवशक्ति सप्लायर्स खनार इटहरी, वेष्ठ एण्ड इन्भारोमेन्ट प्रा.लि., प्रतिरक्षा समूह इटहरी, सामुदायिक कीर्तन समूह, भानुभक्त टोल विकास संस्था, किसान कल्याण साकोस, सोनी बचत तथा ऋण सहकारी संस्था खनार इटहरी र महिला कृषि अर्गानिक समूह इटहरी रहेका छन् ।