लालसिंह चड्ढामा आमिर खानको नयाँ लुक !

बलिवुड अभिनेता आमिर खान अहिले आफ्नो फिल्म लाल सिंह चडढाको शुटिंगमा व्यस्त रहेका छन् । बलिवुडका मिस्टर पर्फेक्शनिस्ट भनिने आमिर आफ्नो फिल्मको भूमिकाका लागि कुनै कसर नछोड्ने कलाकारमा पर्दछन् । लाल सिंह चडढामा आफ्नो भूमिकालाई न्याय गर्न आमिरले पहिला २० किलो वजन बढाएका थिए भने अहिले सो वजन घटाएका छन् ।

यस अघि फिल्मको शुटिंगका क्रममा आमिरलाई बढेको वजनसहित लामो दारी र कपालमा देखिएका थिए । तर पछिल्लो समय आमिरको नयाँ लुक बाहिर आएको छ । पछिल्लो केही दिन देखि आमिरले आफ्नो फिल्मको शुटिंगका क्रममा नयाँ लुकमा देखिएका छन् । नयाँ लुकमा आमिर क्लिन शेव गरेको र फिट लुक्समा देखिएका छन् ।



यो फिल्म हलिवुड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो । तर यस फिल्मलाई आमिरले पुरै भारतीयकरण गरेका छन् । फिल्ममा आमिरको अपोजिट करीना कपुर रहेकी छन् । त्यस्तै आमिरको साथीको भूमिका विजय सेतुपतिले निभाएका छन् ।

यस फिल्मलाई अतुल कुलकर्णीले लेखेका हुन् भने अद्वैत चन्दनले निर्देशन गरेका छन् ।

फिल्मको रिलिज यसै बर्षको क्रिसमसमा गर्ने यस अघिनै घोषणा गरिएको छ ।

सम्बन्धित समाचार