मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमवार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो ।
सोमवार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ । यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।
राति भने देशभरी नै मौसम सफा रहने महाशाखाले जनाएको छ ।