धनुषा ओरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चिन्तामणीको हत्यामा संलग्न औरही २ कै कमला पासवान, पुनिता पासवान, राधाकृष्ण पासवान र अनिलकुमार पासवानलाई पक्राउ गरेको हो।
माघ १८ गते चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवादसँगै चुलिएको झगडाले चिन्तामणीको ज्यान गएको हो । चिन्तामणीको हत्यामा श्रीमान ३० वर्षिय अनिलकुमार पासवान, नन्द २० वर्षीय पुनिता पासवान, सासू ४५ वर्षिय कुमला पासवान र ससुरा ५५ वर्षीय राधाकृष्ण पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको भन्दै उनीहरुले उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।