जबरजस्ती करणीपछि फरार रहेका बस्नेत विमानस्थलबाट पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका धादिङको गजुरी बस्नेत गाँउका हरिकृष्ण भनिने हेमन सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

आफ्नै गाँउ धादिङको गजुरी वडा नं. ८ हलेदेखोला स्थित स्थानीय १६ वर्षे युवतीलाई बस्नेतले २०७६ जेठ १४ गते राति ३ बजे करणी गरेका थिए । आफ्नै घरको कोठामा सुतिरहेकी युवतीको ढोका फोडेर कोठाभित्र प्रवेश गरि बस्नेतले करणी गरेको प्रहरीले जनाएको छ ।



एक्स्काभेटर चालक बस्नेत १६ वर्षे युवतीलाई जबरजस्ती करणी गरेर फरार थिए । जबरजस्ती करणीपछि भारतका विभिन्न स्थानमा लुकिछिपि बसेका बस्नेत नेपाल आइ रोजगारीका लागि कुवेत जाने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार