अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न नेकपाले बनाएको कार्यदलको पहिलो बैठक बसेको छ । आइतवार नेकपाको केन्द्रीय कमिटी बैठकबाट गठित पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले सोमवार बैठक बसेको हो ।
पार्टीभित्र चर्को विवाद भएपछि एमसीसीबारे अध्ययन गर्नको लागि नेकपाले तयार गरेको कार्यदल तय गरेका थियो । एकसीसीबारे अध्ययनको लागि नेकपाले तयार पारेको कार्यदलमा संयोजक खनालसहित सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली रहेका छन्। कार्यदलको बैठकले एमसीसी सम्झौतासम्बन्धी कस्ता बिषयमा अध्ययन गर्ने भन्ने बिषयमा छलफल भएको बताइएको छ।
एमसीसीबारे सुझाव लिन नेकपाले बनायो कार्यदल, भीम रावल पनि सदस्य एमसिसी अन्तर्गत अमेरिकाले नेपालले विद्युत र सडकमा ५५ अर्ब अनुदान दिने सम्झौतालाई भएको थियो । इन्डो प्यासिफिक रणनीतिको अंश भएकै कारणले एमसिसीमा फरक मत आएपछि नेकपाभित्र विवाद आएको थियो ।