गृहसचिवमा न्यौपाने, अख्तियारमा अधिकारी

सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ । प्रेमकुमार राईले अवकाशको दुई दिनअघि राजीनामा दिएपछि रिक्त गृहसचिवमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई नियुक्त गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्यौपानेलाई मन्त्रिपरिषद्ले गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। न्यौपाने गृहमा आएपछि अख्तियारको सचिवमा प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ।



अवकाशको दुई दिनअघि आइतवार राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त थियो।

सम्बन्धित समाचार