पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन्। सोमवार डिल्ली बजार कारागार पुगेर डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महरालाई भेटेका हुन् ।
डा. भट्टराईले महरासँग करिब एक घण्टा कुराकानी गरेका थिए । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा सभामुख निवासबाटै पक्राउ परेका थिए ।
महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो। आदेशविरुद्ध उनी उच्च अदालत पुगेपनि उच्चले जिल्लाकै आदेश सदर गरेको थियो।