नेकपामा भीम रावललाई अर्को जिम्मेवारी

नेकपाको संगठन विभागमा स्थायी समिति सदस्य भीम रावलसहित १० जना सदस्य थप भएका छन् । गत आइतवार बसेको सचिवालय बैठकले विभागीय प्रमुख बामदेव गौतमले सिफारिस गरेका नामहरू अनुमोदन गरेसँगै संगठन विभागमा नयाँ सदस्य थप गर्ने बाटो खुलेको थियो ।

तेस्रोपटक थप गरिँदा संगठन विभागमा रावलसँगै भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्माको प्रवेश भएको छ । उनीहरूमध्ये गुरुङ गण्डकी प्रदेश र पोखरेल प्रदेश ५ का मुख्यमन्त्रीसमेत हुन् ।



गत ३ साउनमा बसेको सचिवालय बैठकले संगठन विभागमा गौतमलाई प्रमुख र जनार्दन शर्मालाई उपप्रमुख तोकेको थियो भने २९ असोजमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीको विभागमा प्रवेश भएको थियो । तर पछिल्लोपटक संगठन विभागमा १० जना सदस्य थपिए पनि विभागले पूर्णता भने पाएको छैन । नेकपाको विभागहरू पूर्ण हुन ३५ सदस्य हुनु पर्नेछ ।

सम्बन्धित समाचार