आज आंशिक बदली, भोलि र पर्सी वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली हुने जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज केही स्थानमा आंशिक बदली रहेपनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको हो । भोलि र पर्सी भने सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



बिहीवार दिउँसो देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागका सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

शुक्रवार दिउँसो देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागका आंशिक बदली रहने छ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

सम्बन्धित समाचार