डिएसपीले नै गरे बलात्कार: न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५-२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ ।

सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी यनकक्षमै लगेर २०७५ मंसिर ३० गते जबर्जस्ती करणी गरेका हुन् । एक वर्ष नाघिसक्यो, तर पीडितले न्याय पाइनन् । बरु राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ ।



आजको जनआस्था साप्ताहिकका अनुसार एउटा काम लिएर पहिलो पटक प्रहरी कार्यालय पुगेकी युवतीलाई प्रहरी कर्यालयको अवस्था र व्यवस्था बारे केही थाहा थिएन । कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने।

सविनाको चियाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो । माया गरेजस्तो उनले भने, ‘तिमी एकदमै राम्री छ्यौँ !’

सविना अक्क न बक्क भइन् । त्यसपछि डिएसपीले छातितिर हात लगे । सविना अलिकति पर सरेर ‘नगर्नु न सर’ भन्दै थिइन्, उनले ‘केही हुन्न, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले।

सविनाले सक्दो प्रतिकार गरन् । तर, हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन । सबै झ्याल, ढोका बन्द भएको अवस्थामा खिउँजुले सविनालाई जबर्जस्ती करणी गरे।

त्यसको भिडियो रेकर्ड पनि गरे। सविनाले प्रतिकार गर्दा ‘कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु,’ भन्दै धम्की दिन थाले ।

सविना एक वर्षदेखि न्यायको लागि धाइरहेकी छन् । यसबीचमा उनले बागमती प्रदेशका डिआइजी शेरबहादुर बस्नेत, रानी पोखरीका डिआइजी मनोज न्यौपाने, डिएसपी होविन्द्र बोगटीलगायतलाई न्यायको लागि गुहारिन् । तर, प्रहरीले उजुरी लिन मानेको छैन ।

पीडित युवतीले सोमबार भनिन्, ‘मलाई न्याय नै चाहिन्छ, उसलाई जेलमै हाल्नुपर्छ।’

सम्बन्धित समाचार