सडक दुर्घटनामा बचे चर्चित र्यापर बादशाह

बलिवुडका चर्चित र्याप गायक बादशाह सडक दुर्घटनामा परेका छन् । पंजावको लुधियानामा फिल्म शुटिंगका लागि पुगेका बादशाह चढेको कार दुर्घटनाग्रस्त भएको छ ।

मिडिया रिपोर्टसका अनुसार बादशाह दुर्घटनामा सकुशल रहेका छन् । उनी चढेको कार शुटिंगका लागि जानेक्रममा दुर्घटना भएको बताइएको छ । रिपोर्टका अनुसार एक कन्टेनरले ट्रकलाई हानेपछि भएको दुर्घटनामा करिब ५० भन्दा बढी कार एक आपसमा ठोक्किएका थिए । सोहि क्रममा बादशाह चढेको कार समेत ठोक्किएको बताइएको छ ।



बलिवुडमा कैयौ सुपरहिट गीतमा र्याप गरेका बादशाहले यमी विर्कसँग हाल पंजावमा एक फिल्मको शुटिंग गरिरहेका छन्

सम्बन्धित समाचार