चीनबाट प्रधानमन्त्रीलाई खुल्ला पत्र : हाम्रो घर फर्कने समाचार आएन तपाईले बाँसुरी बजाएको समाचार आयो

चीनको उहानमा रहेका नेपाली विद्यार्थीले आफूहरुलाई स्वदेश फर्काउन भन्दै खुल्ला पत्र लेखेका छन् । कोरोना भाइरस प्रभावित उहान क्षेत्रमा कोठाभित्र बसिरहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूहरु स्वदेश फर्कने दिनको प्रतिक्षामा रहेका जनाउन्दै पत्र लेखेका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै चीनको उहानबाट लेखिएको सो पत्र नेपाली विद्यार्थी प्रमिला देवकोटाले सामाजिक सञ्जाल राखेकी छिन् । कसैको नाम नराखि लेखिएको र सार्वजनिक गरिएको उक्त पत्रमा उनीहरुले विपदमा परेका नेपालीको उद्धार गर्नुको सट्टा प्रधानमन्त्रीले बाजा बजाइरहेको तस्वीर पाइएको भन्दै आलोचनासमेत गरेका छन् ।



हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका आफूहरुले घर फकने समाचार नपाएकोमा गुनासो गरेका छन् । उनीहरुले आफूहरु चीनमा कोठामाभित्र सुरक्षितसँग बसेको भन्दै छिटो उद्धार गर्न अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार