एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरूको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरू थप लाभान्वित हुने भएका छन् । उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहकहरूले यस बैंकका क्युआर कोड, कार्ड पिओएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरूको प्रयोग गरी रकम भुक्तानी गर्न सक्ने एनआईसी एशिया बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।



यस समझदारीपश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने भीडरहित र सरल सेवा पनि प्राप्त गर्न सक्नेछन् । साथै, आगामी दिनहरूमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेट–वेलगायत अन्य डिजिटल सेवासमेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई उपभोग गर्न पाउने छन् । विश्वमा बैंकहरूले डिजिटल सेवालाई जोड दिइरहेको परिप्रेक्षमा नेपालमा पनि एनआईसी एशिया बैंकले त्यस ट्रेनलाई आत्मसात् गर्दै डिजिटल भुक्तानीलाई बढाउदै लगेको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ– बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

सम्बन्धित समाचार