प्रिज्मासँग प्रेमसम्बन्धबारे चौतर्फी चर्चा चलेपछि ‘बले’ले लेखे यस्तो स्टाटस

चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल क्षेत्री ‘बले’ अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिकटकमा राम्रो फलोअर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन्।

केहि समयदेखी वैवाहिक बन्धनमा बाँधिने बताउँदै आएका बलेले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि आफ्नो प्रेमीका सार्वजनिक गरेका हुन् । उनले प्रेमीका सार्वजनिक गरे लगत्तै उनको चर्चा निकै बढेको छ । यसैक्रममा बुधवार सागर लम्साल, बलेले आफ्नो फेसबुकमा एक स्टाटस लेखेकका छन् ।



उनले प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगको फोटो शेयर गर्दै लेख्छन् – ‘हामीले यस दुनियाँमा कहिल्यै एक्लो महसुस गर्नुपर्दैन, तर सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ।’

 

सम्बन्धित समाचार