टाइगरको एक्सनले भरिपूर्ण फिल्म बागी-३ को ट्रेलर सार्वजनिक

बलिवुड अभिनेता टाइगर श्राप अभिनित एक्सन प्याक फिल्म बागी-३ को ट्रेलर सार्वजनिक भएको छ ।

बागी-३ मा टाइगरसँग श्रद्धा कपुरको प्रमुख भूमिका रहेको छ भने यस फिल्ममा टाइगरले पहिलो पल्ट आफ्ना पितासँग स्क्रिन सेयर गरेका छन् । साथै यस फिल्ममा टाइगरकी रियल लाइफ गर्लफ्रेन्ड दिशा पटानीको समेत भूमिका रहेको छ ।



टाइगरसँग बागी-२ मा काम गरेकी दिशा बागी-३ मा पनि महत्वपूर्ण भूमिकामा देखिन लागेकी हुन् ।

बागी फिल्म २०१६ मा आएको थियो, जसमा टाइगर र श्रद्धाले अभिनय गरेका थिए । त्यसपछि २०१८ मा रिलिज भएको बागी-२ मा दिशा र टाइगर रहेका थिए । यस सुपरहिट फ्रेन्चाईजी फिल्ममा अब तेस्रो भागमा टाइगर, श्रद्धा र दिशा तिनै जनासँगै भएका हुन् ।

साजिद नाडियाडवालाले निर्माण गरेको बागी-३ लाई अहमद खानले निर्देशन गरेका छन् भने यो फिल्म आगामी मार्च ६ मा रिलिज हुँदै छ ।

बागी-३ को ट्रेलर:

सम्बन्धित समाचार