चीनमा रहेका नेपाली ल्याउनेबारे कार्ययोजना बनाउन बल्ल समिति गठन

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ ।स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार चीनथापाले जानकारी दिए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको बैठकमा प्रधामन्त्री ओलीले १ साता भित्र स्वदेश ल्याउने नेपालीलाई राख्ने स्थानको व्यवस्थापन गर्न समय सिमा दिइएको थापाको भनाइ छ।



थापाका अनुसार मुख्य सचिवको नेतृत्वको समितिले स्वदेश ल्याउने नेपालीलाई राख्ने ठाउँको व्यवस्थापन भएपछि मात्र चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याइने छ ।

सम्बन्धित समाचार