चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रवार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो । मृत गैंडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए ।
भालेको आक्रमणबाट उक्त पोथी गैंडा मरेको हुनसक्ने उनले बताए । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैंडा योसँगै १५ पुगेको छ ।