चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङ, अमेरिका र जापानमा पनि थप एक एक जनाको ज्यान गएको छ।
खोप बनाउँदै वैज्ञानिक
कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न विश्वका वैज्ञानिकहरू जुटेका छन् । अस्ट्रेलिया, फ्रान्स, अमेरिका र चीनका वैज्ञानिकहरू महत्वाकांक्षी र अर्बौको लगानीमा भ्याक्सिनको विकास गर्न संयुक्त रूपमा जुटेका हुन् । उनीहरुले उक्त भ्याक्सिन कम्तीमा पनि एक वर्षभित्र बाहिर आउने बताएका छन् ।
उक्त भ्याक्सिन पहिला जनावरमा परीक्षण गरिएपछि मानव शरीरमा परीक्षण गरिने र उक्त परीक्षणबाट प्रभावकारी सिद्ध भएमा मात्र सामान्य प्रयोगमा आउने कारण समय लाग्ने विज्ञहरूको भनाइ छ । तर अधिकांश स्वास्थ्य विज्ञहरूले भने अहिले आपत्तकालको लागि रोगसँग लड्न सक्ने भ्याक्सिनको खाँचो भइरहेको औल्याउँदै ६ महिनाभित्र प्रयोगमा ल्याउन मिल्ने गरी भ्याक्सिनको तयारीमा संयुक्त रूपमा तिब्रताका साथ जुटिरहेका छन् ।
भाइरस संक्रमणको गतिको अनुपातमा ६ महिना पनि निकै लामो समय भएको टोलीको सदस्यमध्येका एक क्वीन्सल्याण्ड युनिभर्सिटीका अष्ट्रेलियाली अनुसन्धानकर्ता किथ च्यापेलले बताए । मानवबाट मानवमा सर्ने यो कोरोना भाइरसको पहिलो चरणमै राम्रो रेखदेख गरे चाडैं निको हुने वुहान लिइसेनसाङ हस्पिटलका चिकित्सकहरुको दाबी छ ।
उनीहरुका अनुसार हाल ३१ प्रान्तमा, निश्चित क्षेत्र र नगरपालिकाहरूमा कोरोना फैलिएको भएपनि समाधानको उपाय स्वरुप भ्याक्सिन बनाउन सुरु भइसकेको दाबी गरेका छन्।