कामना सेवाको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम हस्तान्तरण

कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरस्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्वअन्तर्गत लामाचौर बगै‌‍चास्थित अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि हालै आर्थिक सहयोग स्वरूप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष श्री शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।

बैंकका सञ्चालक देवकृष्ण कफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सह्रानीय कार्य गरेकोले धन्यवाद ज्ञापन गरेका दिएका थिए ।



उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्णप्रसाद गौतम, अकला आधारभूत विद्यालय र अकला आमा समूहका अध्यक्ष पार्वती काफ्ले, अकला आधारभूत विद्यालयका प्रधानाध्यापक सीता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिष लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको बैंकबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार