नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारी स्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्रस्तुत हुनेछ ।
बैठकमा महाधिवेशनकाका साथै समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले आगामी २०७७ साल फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। गत माघ १३ गते बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सभापति शेरबहादुर देउवाले समिति संयोजक र सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
कांग्रेसको महाधिवेशन तालिकाअनुसार गाउँरनगर वडा अधिवेशन २०७७ कार्तिक १६ गते, गाउँ-नगरपालिका अधिवेशन ७७ कात्तिक १८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन ७७ कार्तिक २१ गते सम्पन्न गरिनेछ ।