प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अवकाश भएसँगै मन्त्रीपरिषद्को बैठकले २७ औं प्रहरी आईजीपीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीको नाम ल्याउने भनिएपनि त्यो हुन सकेको थिएन । आजको बैठकले बरिष्ठ डिआइजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा लगेका थिए ।
आजबाट आईजीपी खनालसँगै ३ जना एआइजी र १८ डिआइजी अनिवार्य अवकास पाउदैछन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवाली ५ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । आगामी असारमा उनको पनि अनिवार्य अवकाश हुँदैछ ।