कांग्रेस र कम्युनिस्टको एकमात्र विकल्प राप्रपा होः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अब कांग्रेस र कम्युनिस्टको एउटामात्र विकल्प भएको बताएका छन् । वागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै थापाले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा अघि बढाएको बताएका हुन्।

वागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले सो कुरा बताएका हुन् । थापाले भने, ‘महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो ।’ संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने उनले दृढता व्‍यक्त गरे।



कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको उनको जोड थियो ।

सम्बन्धित समाचार