नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । कार्यक्रममा अध्यक्षद्धय सहभागि हुने भनिएपनि ओली भने कार्यक्रममा गएनन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भने सहभागी छन् ।
यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए । ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।
नेकपाका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित कार्यक्रममा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् ।