चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना भएका छन्। उनी चीनबाट फर्किएको ९ दिन मात्रै भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी चेकअपको लागी शुरुमा अत्तरियामा रहेको पद्मा अस्पताल गएका थिए ।

उनको स्वास्थ्य रिपोर्ट हेर्दा कोरोना हुन सक्ने आशंका गरिएको छ । अहिले उनी थप उपचारको लागी धनगढी पुगेका छन्। धनगढीको सेती अञ्चल अस्पतालमा उनको नमुना रगत लिइएको भएपनी रगत भोलि मात्रै काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइने भएको छ ।



उनलाई अस्पतालमा कसैको सम्पर्क नहुने गरी अलग्गै राखिएको छ ।

सम्बन्धित समाचार