गिरिजाबारे प्रचण्डको अभिव्यक्ति आंशिक साँचो होः भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि स्व गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए ।

१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए । उनले भने, ‘उहाँ (प्रचण्ड)को सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।’



तत्कालीन समयमा आफूहरुले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाले ठोक्नुपर्‍यो भनेको भट्टराईले बताए ।

सम्बन्धित समाचार