पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली उनलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए ।
यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।
नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरिसकेकी छिन् । अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।