कालापानीको निरीक्षणमा निस्किएका उपप्रधानमन्त्री हेलिकोप्टरबाटै मिचिएको सीमा हेरेर फर्किए

जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्किएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन् । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन् ।

त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन् । ‘हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन’, उनले भनिन्, ‘हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।’



भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन् । उनले भनिन्, ‘हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बिओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ ।’ सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो ।

सम्बन्धित समाचार