जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव स्वरुप मुलुकका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यदेखि आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।
महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहिबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।