सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको खुलाशा (गोप्य कुराकानीको अडियोसहित)

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेब सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।

अनलाइन पत्रिका हाम्राकुरा डटकमका सम्पादक अजय सिवाकोटीले लेखेको समाचारमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित रहेर कुराकानी गरिएको छ । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका विषयमा कुरा गर्ने उल्लेख गरिएको छ ।



१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा केका लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन । तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसँग पैसाको डिल गर्दै गरेका स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माको भनाईमा उल्लेख छ । मेसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।

२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ । मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।

सम्बन्धित समाचार