नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका बारेमा आफूमाथि लागेको अडियोमा कुनै सत्यता नभएको बताएका छन् । विहीबार कञ्चनपुमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।
आरोप आफैँमा ठूलो कुरो नभएको र सरकार सञ्चालन गर्दा आरोप लाग्दै जाने भन्दै उनले खाएको विषमात्र लाग्ने बताए । आफूमाथि लागेको आरोप पुष्टि हुन नसक्ने दावी गर्दै उनले भने ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’ यदि प्रमाणित भए आफू सजाय भोग्न तयार छु ।’
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ नभएको भन्दै उनले आरोपहरु आइरहन्छन तर ती आरोपहरु प्रमाणित हुनुपर्ने बताए ।