हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं : महर

नेपाल कम्युनिष्ट पार्टी  निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटा दोषी भए कारबाहीको भागिदार हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबै साथीहरुलाई धैर्य गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटा दोषी भए कानुन बमोजिम गोकुल बाँस्कोटा सजायको भागिदार हुने बताएका हुन् ।

साथै उनले कांग्रेसलाई लक्षित गर्दै भनेका छन् ‘हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं ।’ साथै उनले केपी ओली नेतृत्वको नेकपाको सरकार भएकाले पनि कानुन भन्दा माथी कोही पनि नभएको प्रष्ट पार्दै कानुनी राज्यको आभाष हुने जनाएका छन् ।



मन्त्री बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न समेत महरले सुझाएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले यस्तो सुझाव दिएका हुन् ।

सम्बन्धित समाचार