एनआईसी एशिया बैंकमा खाता खोल्दा अत्याधिक फाइदा हुने

एनआईसी एशिया बैंकमा खाता खोल्ने ग्राहकहरूलाई बैंकले उनीहरूले अनुमान गरेभन्दा बढी र अरूभन्दा अतुलनीय र असीमित फाइदा दिने कुरा बैंकबाट प्राप्त प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

एनआईसी एशिया बैंकले ल्याएको न्यु चमत्कारिक बचत खाता योजना अन्तर्गतका विभिन्न सुविधाहरूमार्फत ग्राहक महानुभावहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजनाअन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा उपलब्ध गराउने भएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।



बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गर्ने निर्णय गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने छ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा तथा १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् । नेपालको बैंकिङ्ग क्षेत्रमा नै अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहकहरूको मन जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक विभिन्न खालका निःशुल्क योजनाहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनिक शुल्कमा तथा ब्याजदरमा छुट, कुनै पनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा शुल्क नलाग्ने, लकर मार्जिन शुल्कमा छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निःशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७,००० रूपैयाँसम्मको फाइदा पुग्ने बैंकले दावी गरेको छ ।

स्वीप इन–स्वीप आउट सुविधा
बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधाबाहेक एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन–स्वीप आउट सुविधा पनि ल्याएको छ । यो एक विशेष किसिमको सुविधा हो जसमा ग्राहकले खोलेको न्यु सुपर चमत्कारिक बचत खाताहरूमा स्वतः मुद्दती खाताको लाभ प्राप्त हुनेछ ।

यदि ग्राहकले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्न चाहन्छन् भने बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यु सुपर चमत्कारिक बचत खातामा रहेको २ लाखभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेेछ र बचत खातामा ६.५% ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने वित्तिकै स्वतः ९.७५% सम्मको ब्याज प्राप्त गर्न सक्ने पनि उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार