मन्त्रीपरिषद हेरफेर, को बन्लान् नयाँ मन्त्रीहरु ?

सरकारमा मन्त्रीहरूको आगमन र बहिर्गमन

संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदमा बढीमा २५ सदस्यीय रहने व्यवस्था भएपनि नेकपाभित्र सबैलाई मिलाउनैपर्ने एकखालको संकट अध्यक्षद्वयमा आइपर्दा मन्त्रीपरिषद बेलाबखत परिवर्तन भइरहेको छ । खास गरेर कतिपय अवस्थामा मन्त्रीहरूको कार्यसम्पादनको कारण देखाउँदै त कतिपय अवस्थामा पार्टीभित्रको सन्तुलन मिलाउन प्रधानमन्त्रीले मन्त्रीपरिषद बारम्बार हेरफेर गरिरहेका छन् ।

नेकपाका दुवै अध्यक्षद्वयका निकटतम व्यक्तिहरूलाई पनि मौका दिइरहनु पर्ने बाध्यता र परिस्थिति आइपरेको जस्तो पनि देखिन्छ । दुई ठूला पार्टीहरू बीचको एकता पश्चात पनि पार्टीभित्रका संघर्ष गरेका नेताहरूलाई पनि ठाँउ दिनुपर्ने र पार्टीभित्रकै शक्ति सन्तुलनलाई पनि कायम राख्नुपर्ने भएकाले पनि होला मन्त्रीपरिषद हेरफेर भइरहेको ।



मन्त्रीपदमा बहाल रहँदा अनैतिक क्रियाकलाप गर्ने (आरोप लाग्दा) अर्थात भनौ आफ्नै गलत कर्मका कारण मन्त्रीहरू स्वयम् पदबाट राजीनामा दिने गरेका छन् । त्यो बेला प्राय रोचक कुरा गरेर मन्त्रीहरू पदबाट राजिनामा दिंदै भन्ने गर्दछन् ‘नैतिकताका आधारमा राजीनामा दिएको छु ।’ गलत काम गर्दा नैतिकता बिर्सने मन्त्रीहरू पदबाट राजीनामा दिंदा भने धन्न नैतिकता सम्झन्छन् । भर्खरै मन्त्रीपदबाट बाहिरिएका मन्त्री बाँस्कोटालाई नै हेरौंं न…। उनले भनेका छन् ‘जब प्रश्न उठ्यो, ठीक होला, बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो, तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो । यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेरो बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।’ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका हुन् ।

विगतदेखि आजसम्म आइपुग्दा विभिन्न विवादित कारणले कतिपय मन्त्रीहरुले पद गुमाएको यथार्थ हामी सामु अझै पनि ताजा नै छ । तर पनि मन्त्री जस्तो गरिमामय पदमा बसेर भ्रष्टाचार, अनियमितता र अस्वभनिय व्यवहारले गर्दा आफ्नो राजनीतिक र सामाजिक जीवनमा समेत कहिल्यै नमेटिने दाग लगाउने गर्छन् ।

अब फेरि मन्त्री हेरफेर..

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रीपरिषद हेरफेर गर्ने संकेत दिएका छन् । विहिबार मात्रै मन्त्रीपदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाको राजीनामा पछि र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बालुवाटारमा भेटवार्ता गरेका छन् । नयाँ मन्त्रीको लागि भने केही समय कुर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार