मौसम पूर्वानुमानः आज चट्याङसहित वर्षा र हिमपात

आइतबार र सोमबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ ।

आइतबार दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय प्रणालीका कारण बादल लाग्नुको साथै पानी पर्ने र आउँदो बुधबारदेखि मात्र मौसम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



सोमबार पनि देशभर बादल लागेर काठमाडौं उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।

सम्बन्धित समाचार