मौसम पुर्वानुमानः उपत्यकासहित पहाडी भेगमा वर्षा

आज अपरान्हपछि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाका मौसमविद राजु प्रधानंगले जानकारी दिए ।

उनका अनुसार देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । अहिले बिहान भने देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ ।



मध्ये तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार