एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोनी टेलिभिजन खरिदमा विशेष छुट हुने

एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (मोडल नं. ६५/८०००जी, ६५/९५००जी, ५५ए ८ र ५५ ए १) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस÷क्युआर कोड प्रयोग गरी सोनी ब्राभियाका उल्लेखित मोडलहरूका टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००/ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागु हुनेछ । बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनआईसी एशिया बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटाभन्दा बढी व्यापारिक प्रतिष्ठानबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट पनि ग्राहकहरूले सजिलै प्राप्त गर्न सक्नेछन् । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढी स्थानहरूबाट पिओएस तथा १२,००० भन्दा बढी स्थानहरूबाट क्युआर कोड स्क्यान सेवा प्रदान गर्दै आइरहेको छ ।



ग्राहकहरूले सुविधा लिन सक्ने व्यापारिक प्रतिष्ठानहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट www.nicasiabank.com मा गई हेर्न बुझ्न र जानकारी लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार