झ्यालबाट संसद् छिर्ने वामदेवको सपना फेरि भूमरीमा

नेकपाका उपाध्यक्ष वामदेव गौतमले झ्यालबाट संसद् छिर्ने र संशोधन गरेर प्रधानमन्त्री हुने लालचा फेरि प्रकट गरेका छन् । तर, गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भइरहेको छ ।

संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि भूमरिमा परेको छ । नेम्वाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्ने माधव नेपाललाई सुझाव दिएका छन् ।



त्यसो त वामदेवका लागि गर्न लागिएको संशोधनप्रति राजनीतिक विश्लेषक तथा प्रमुख प्रतिपक्ष दलहरूले पनि असन्तुष्टि जनाएका छन् । अलिकति गम्भीरता भएको व्यक्तिले मेरा लागि संविधान संशोधन गर भन्ने साहस नगर्ने टिप्पणी विश्लेषण कृष्ण खनालको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसलाई नेकपाभित्रको तानातान र गठजोडको विषय भए पनि यो राष्ट्रको विषय नभएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार