मौसम पुर्वानुमान: आज हावाहुरी र चट्याङसहित वर्षा

आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ । पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमवीद् विभूती पोखरलले जानकारी दिइन् । केहि दिन यता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ। आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन्।



काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

सम्बन्धित समाचार