सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध हुँदै आएको छ । नेकपाले बनाएको संंविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छन् ।
कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्बाङ र अर्का सदस्य खिमलाल देवकोटाले के का लागि संविधान संशोधन भन्दै अश्विकार गरिसकेका छन् । संविधान संशोधनको विरोधमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि विरोध जनाएका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन् ।
उनले भनेका छन्, ‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन! के का लागि संशोधन खराखरी वहस गर्नेवेला आएजस्तोछ । कुरा लुकाएर–ढाँट छल गरेर कती दिन चल्छ–कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न!’