काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एक युवकले एसिड आक्रमण गरेका छन् । आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण भएको हो । गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
‘एसिड प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ डिएसपी बोगटीले भने । मदिरा खाएर कोठामा पुगेका शिवले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका हुन् । त्यसै क्रममा १५ वर्षीया सालीले रोक्न खोज्दा उनीमाथि पनि एसिड प्रहार भएको डिएसपी बोगटीले जानकारी दिए । एसिडका कारण अनुहारमा असर भएकाले उनीहरुको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।