भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शन उग्र भएपछि सोमवार त्यसले हिंस्रक रूप लिएको छ । त्यसक्रममा एक प्रहरी जवानसहित पाँचजनाको मृत्यु भएको छ ।
मंगलवार बिहान पनि जाफराबाद र बाबरपुर इलाकामा तनाव छ । उत्तरपूर्वी दिल्लीमा कानूनको विरोध प्रदर्शन साम्प्रदायिक बन्दै गएको छ । मौजपुर, कबीर नगर र जाफराबादमा मंगलवार स्थिति तनावपूर्ण छ । मौजपुरमा बिहानै ढुंगा हानाहान भएको र केही वाहनहरूलाई जलाइएको पनि खबर छ ।
दिल्लीको करावल नगरमा मंगलवार बिहान ढुंगा हानाहान र आगजनीको खबर छ । ब्रह्मपुरामा ढुंगा हानिएपछि र्यापिड याक्सन फोर्सले फ्ल्याग मार्च गरेको छ ।
ब्रह्मपुरीमा रातभरि गोली चलेको जस्तो आवाज सुनियो । त्यसपछि पूरा इलाकामा त्रासको वातावरण छ ।