बाबुराम भन्छन् – ‘सरकारका दुई बर्ष जनतालाई हर्ष न विस्मात’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातिर्थ जग्गा प्रकरणमा संसदमा आफ्नो स्पष्टिकरण दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दौ डा।भट्टराईले कानुनी प्रक्रिया पुर्याएर आफुले सो निर्णय जानी जानी गरेको बताएका छन् ।

मातातिर्थ जग्गा प्रकरण र ललिता निवास जग्गा प्रकरण फरक विषय भएको बताउदै डा. भट्टराईले राजनीतिक लाभका लागि यसलाई एउटै ठाउँमा हालिएको दाबी गरे । उनले मातातिर्थ जग्गा प्रकरण बारे भएका निर्णयको सम्पूर्ण प्रक्रिया संसदलाई जानकारी गराएका थिए ।



सरकारको दुई बर्षे कार्यकालबारे टिप्पणी गर्दै यो दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको बताए । डा. भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको दाबी गरे ।

डा. भट्टराईले भने,’सरकारका दुई वर्ष नेपाली जनतालाई ‘कागलाई बेल पाग्यो हर्ष न विस्मात’ जस्तो भएको छ । जनताले खेर गएका वर्षका रुपमा लिएका छन् ।’ अगुल्टाले हानेको कुकर बिजुली चम्किँदा पनि झस्किन्छ भनेजस्तो भर्खरै ललिता निवास जग्गा प्रकरणले सबैलाई झस्काएको बताउदै उनले भने, ‘ललिता जग्गा प्रकरणमा ठूला घरानीयाँको बहुमूल्य जग्गालाई सरकारले अधिकरण गरेको होइन भनेर केही भूमाफियाले मिलेर चलखेल गरेर जुन बाँडफाँड गरे । भूमाफिया र केही कर्मचारी मिलेर लुटेकै हो ।’

उनले अकबर बीरबलको कथा सुनाउदै प्रधानमन्त्रीलाई आफु नजिककाले नै बदनाम गराइरहेकोमा सचेत गराएका थिए ।

सम्बन्धित समाचार