नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको छ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएकी छिन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्दै उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताइन् ।

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम भएको बताइन् । उनले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताइन् ।



साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उनले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औंल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

सम्बन्धित समाचार