नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानपछि पार्टीमा विवाद चर्किएको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको थियो । तर ओलीले डा। युवराज खतिवडालाई नै दोहोर्याउने अडान लिएका छन् ।
नेकपाभित्र विवाद चर्किरहेका बेला पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कि पार्टी छाडेर जान कि निर्णय मान्न चुनौती दिएका छन् । एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिंदै खनालले भने-‘पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।’
पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक ओलीसँग विकल्प नभएको भन्दै खनालले भने -‘कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?’
बैठकमा ओलीले संविधान संशोधन गरेर नौ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरौं भनेर प्रस्ताव गरेको भएपनि बैठकले अस्वीकार गरेको खनालको भनाई छ ।